काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
बिहान ११ बजेबाट ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बैठक बस्न लागेको हो ।
बैठकमा ९ वटा कार्यसूची तय गरिएको छ ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू लगायत छन् ।
Leave a Reply