ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुन नमिल्ने बताएका छन् ।
फुङलिङमा प्रेस सेन्टर ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा गम्भीर छलफलको आवश्यकता रहेको बताएका हुन् ।
उनले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीले अहिलेसम्म पूर्ण जिम्मेवारी नदिएको दावी समेत गरे । पुन अहिले पनि आमन्त्रित सदस्यका रूपमा मात्र रहेको र उनको राजनीतिक भविष्यबारे पार्टीले निष्कर्षमा पुग्न बाँकी रहेको श्रेष्ठको दाबी छ ।
उपाध्यक्ष श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्टाचारको संरक्षण र छलछामको पर्याय भएको आरोप पनि लगाए । भ्रष्टाचार अनुसन्धानको डरले नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेको उनको आरोप थियो ।
Leave a Reply