काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीबीच भेटवार्ता भएको छ ।
ओमनको राजधानी मस्कटमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो। परराष्ट्रमन्त्री राणा आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कट पुगेकी थिइन्।
सो भेटका क्रममा उनीहरूबीच नेपाल कतारबीचको सम्बन्ध,द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्ति लगायतका विषयमा कुराकानी भएको थियो ।
त्यस अवसरमा मन्त्री राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा जोशीको रिहाइका लागि सहयोग गरिदिन मन्त्री मुराइखीसँग आग्रह गरेकी थिइन्।
Leave a Reply