Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • शंखरापुर स्कुल बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ४० घाइते

    शंखरापुर स्कुल बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ४० घाइते

    अनलाइन नेपाल
  • बुधबार, ३० माघ २०८१
  • 447
    SHARES

    काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बसमा सवार ४० जना विद्यार्थी घाइते भएका छन्।

    चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।



    वनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ।

    २२ जनालाई पिपुल्स लाइफ केयर अस्पताल, ११ जनालाई एनएमसी अस्पताल, ४ जनालाई टिचिङ अस्पताल र ४ जनालाई शंखरापुर अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार