Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • सरकारले ल्याएका सबै अध्यादेश पारित हुन्छन् : सञ्चारमन्त्री गुरुङ

    सरकारले ल्याएका सबै अध्यादेश पारित हुन्छन् : सञ्चारमन्त्री गुरुङ

    अनलाइन नेपाल
  • बुधबार, ३० माघ २०८१
  • 252
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका सबै अध्यादेश सदनबाट पारित हुने दाबी गरेका छन् ।

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री गुरुङले उक्त दाबी गरेका हुन् ।



    उनले भूमिसम्बन्धी अध्यादेश लगायत सरकारले ल्याएका सबै अध्यादेश संघीय संसदबाट पारित हुने दाबी गरे।

    भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्ला बजारु भएको भन्दै उनले जसपा नेपालले यसबारे कुनै आधिकारिक निर्णय नगरेको बताए।

    सञ्चारमन्त्री गुरुङले अध्यादेशका बारेमा सहमति खोज्न दलहरूसँग छलफल भइरहेको र संक्रमणकालीन अवस्थामा नै रहेको धारणा राखे।

    सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक सरकारले सदनमा पेश गरेको अवस्थामा त्यसलाइ संशोधन गर्ने वा नगर्ने निर्णय सदनले गर्ने जिकिर गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार