Online Nepal
  • बिहिबार, ७ चैत्र २०८१
  • सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम सरकारको होइन : महामन्त्री शर्मा

    सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम सरकारको होइन : महामन्त्री शर्मा

    अनलाइन नेपाल
  • बुधबार, ३० माघ २०८१
  • 249
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको नभएको बताएका छन्।

    सामाजिक सञ्जाल विधेयकका विषयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।



    उनले सरकारले सामाजिक सञ्जालको सही प्रयोग भएको छ छैन भन्नेमा ध्यान दिनुपर्ने बताए।

    महामन्त्री शर्माले विधेयकमा रहेको केहि दफाहरूमा आफूहरूको आपत्ति रहेकाले यसलाई जस्ताको त्यस्तै अघि बढाउन नहुने बताए ।

    उनले सामाजिक सञ्जाल विधेयक, २०८१ मा प्रस्तावित व्यवस्था परिमार्जन गरेर मात्रै पारित गरिने स्पष्ट पारे।

    महामन्त्री शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको प्रयोग गरिमा र मर्यादाको सन्दर्भमा बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको धारणा राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार