Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ

    सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३० माघ २०८१
  • 420
    SHARES

    फाइल तस्विर

    धनुषा । आफ्नै बुहारीको कुटपिटबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।

    जनकनन्दनी गाउँपालिक- ५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेबी मण्डलको हत्या गरेको आरोपमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई प्रहरीले पक्राउ गरेको हो।



    मंगलबार राति झगडा हुँदा रक्षा कुमारीले सासुलाई कुटपिट गरेको आरोप छ। घरायसी विवादको क्रममा भएको झगडामा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार