Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • एक्लै बस्दै आएकी महिलाको शव नग्न अवस्थामा फेला

    एक्लै बस्दै आएकी महिलाको शव नग्न अवस्थामा फेला

    अनलाइन नेपाल
  • बुधबार, ३० माघ २०८१
  • 678
    SHARES

    फाइल तस्विर

    दमक । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ ।

    एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बूको आफ्नै घरभित्र मंगलबार राति शव फेला परेको हो ।



    वडाध्यक्ष बहादुर आंगबोका अनुसार सोमबारदेखि उनी सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्याएको थियो ।

    गंगाकुमारीका श्रीमान भारतमै बस्दै आएको वडाध्यक्ष आंगबोले बताए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार