Online Nepal
  • शुक्रबार, ३० फाल्गुन २०८१
  • बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचेपछि…

    बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचेपछि…

    अनलाइन नेपाल
  • मंगलबार, २९ माघ २०८१
  • 1.4K
    SHARES

    पर्सा । वीरगञ्ज महानगरपालिकामा बाख्राको मासुलाई खसीको मासु भनी विक्री गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    महानगरपालिकाको वडा नं. १३, प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसका सञ्चालक ४१ वर्षीय हारून मियाँ अन्सारीलाई पक्राउले पक्राउ गरेको हो ।



    प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले फ्रेस हाउसको तलासी लिँदा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसी बेचिरहेको अवस्थामा भेटिएको थियो ।

    उक्त कार्य गैरकानुनी भएको पुष्टि भएपछि प्रहरी टोलीले अन्सारीलाई नियन्त्रणमा लिएको छ । सो फ्रेस हाउसबाट करिब १५ केजी बाख्राको मासु समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    पक्राउ परेका अन्सारीलाई कालो बजारी सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय, पर्साबाट पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार