Online Nepal
  • शुक्रबार, १ चैत्र २०८१
  • प्रहरीले अर्धवस्त्रमै महिलालाई पक्राउ गरेको भन्दै प्रदेशसभामा उठ्यो छानविनको आवाज

    प्रहरीले अर्धवस्त्रमै महिलालाई पक्राउ गरेको भन्दै प्रदेशसभामा उठ्यो छानविनको आवाज

    अनलाइन नेपाल
  • मंगलबार, २९ माघ २०८१
  • 2K
    SHARES

    धनुषा । नेपाली कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक कुमारकान्त झाले धनुषा प्रहरीले एक महिलालाई अर्धवस्त्रमै पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

    सोमबार प्रदेशसभा बैठकमा उनले धनुषाको मिथिला नगरपालिका–१ निवासी रामदेव महतोकी बुहारी बबिता महतो नुहाइरहेको बेला पक्राउ परेको दाबी गर्दै घटनाको न्यायिक छानबिनको माग गरेका हुन् ।



    प्रहरीले बबितालाई पेटिकोट र ब्लाउज लगाएको अवस्थामा समातेर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको घटना सम्बन्धमा प्रदेशसभा सदस्य झाले सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

    तर, जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेकी महिला बबिता नभई बिनिता महतो भएको र कानुनी प्रक्रिया अनुसार नै पक्राउ गरिएको स्पष्ट पारे ।

    बैंकिङ कसुरका फरार प्रतिवादी रहेकी उनीसँगै प्रहरीले सोही ठाउँकी रञ्जुकुमारी महतोलाई पनि पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका दुवै महिलालाई अदालतमा पेस गरिसकेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार