Online Nepal
  • शुक्रबार, १ चैत्र २०८१
  • मंगलसेन नगरपालिका तीन हप्तादेखि हाकिमविहीन, मेयरको अनुरोध मन्त्रालयले टेरेन !

    मंगलसेन नगरपालिका तीन हप्तादेखि हाकिमविहीन, मेयरको अनुरोध मन्त्रालयले टेरेन !

    अनलाइन नेपाल
  • सोमबार, २८ माघ २०८१
  • 2.1K
    SHARES

    अछाम । अछामको मंगलसेन नगरपालिका तीन हप्तादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीलाई माघ ९ गतेदेखि लागू हुने गरी जिम्मेवारीबाट हटाएको थियो ।



    त्यस यता नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो । जसकारण नगरापलिकामा हालसम्म प्रशासनिक र आर्थिक कामकाज ठप्प छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रत्यक्ष मारमा सेवाग्राहीहरू परेका छन् ।

    उनीहरुले भुक्तानी, सम्झौता, सिफारिस लगायतका कामहरु गर्न पाएका छैनन् । आफूहरुले नगरपालिकाबाट सेवा नािउँदा जनताहरु आक्रोशित बन्न थालेका छन् । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउने कुनै सुरसार गरेको छैन ।

    निमित्त प्रमुख प्रशासकीय अधिकृत सोडारीको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्ध गरेपछि नगरपालिकाका मेयर पदम बहादुर बोहराले माघ ११ गते नै प्रमुख प्रशासकीय अधिकृत खटाईदिन मन्त्रालयलाई पत्र लेका थिए । उनले ७२ घण्टाभित्र प्रमुख प्रशासकीय अधिकृत खटाईदिन अनुरोध गरेका थिए ।

    तर मन्त्रालयले पत्र पठाएको तीन साता पुग्नै लाग्दा पनि टेरेको छैन । यता नगरमा कार्यरत अन्य ज्येष्ठ कर्मचारीले पनि जिम्मेवारी लिन अस्वीकार गरेको बताइएको छ । प्रशासनिक र आर्थिक कामकाज ठप्प भएपछि नगरपालिकाले दिने सेवा प्रभावित बनेका छन् ।

    मंगलसेनसँगै चौरपाटी गाउँपालिकामा पनि सरकारले निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाको जिम्मेवारी खोसेको थियो । तर गाउँपालिकाले थापालाई नै पुनः जिम्मेवारी दिन अनुरोध गर्दै पत्र पठाएपछि केही दिन मै जिम्मेवारी तोकिदिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार