Online Nepal
  • आइतबार, ३ चैत्र २०८१
  • विकास निर्माणको काममा सबै राजनीतिक दल, समुदाय, जनप्रतिनिधि मिल्नुपर्छ

    विकास निर्माणको काममा सबै राजनीतिक दल, समुदाय, जनप्रतिनिधि मिल्नुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २८ माघ २०८१
  • 156
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले हरेक नेपालीको जीवन र जिविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको बताएका छन् । सोनाम ल्होसारको अवसरमा शंकरापुर नगरपालिका वडा नं ४ मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन् ।

    राजनीति स्थीरता नभए अर्थतन्त्र चलायमान नहुने र विकास निर्मनणको काम पनि हुन नसक्ने आवश्यक्ता बोध गरेरै अहिले नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर सरकार बनेको पनि उनले प्रष्ट पारे ।



    उनले भने–‘वर्तमान सरकार राजनीतिक स्थायीत्वका लागि बनेको हो । अर्थतन्त्र चलायमान बनाउन स्थीरता नभइ नहुने हाम्रो अनुभवबाटै अनुभूत गरेका छौं । राजनीतिक स्थायित्वको जगमा हरेक नेपालीको जीवन र जिविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको छ ।’

    ‘चुनावमन भिन्न दलको फरक एजेन्डा हुनसक्छ । तर, परिणाम आइसकेपछि विकास निर्माणको काममा सबै राजनीतिक दल, समुदाय, जनप्रतिनिधि मिल्नुपर्छ । प्राथमिकता तय गरेर काम गर्नुपर्छ ।’ उपप्रधानमन्त्री सिंहले थप भने ।

    त्यस्तै उपप्रधानमन्त्री सिंहले अधिकारको माग गर्नु जनताको अधिका र भन्दै अधिकारसँगै जिम्मेवारीबोध गर्नुपर्नेमा पनि जोड दिए । धेरै लामो संघर्ष गरेर समावेशी संविधान प्राप्त भएको भन्दै उनले प्राप्त उपलब्धि सुरक्षित गर्न राजनीतिक स्थिरता हुनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार