Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • ओली सरकार ढालेर अर्को जनमुखी सरकार बन्ने अवस्था छैन : खनाल

    ओली सरकार ढालेर अर्को जनमुखी सरकार बन्ने अवस्था छैन : खनाल

    अनलाइन नेपाल
  • सोमबार, २८ माघ २०८१
  • 399
    SHARES

    मोरङ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था नरहेको बताएका छन् ।

    विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग एवं पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने–‘वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ ।’



    आफ्नो पार्टीका तर्फबाट ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको उनको जिकिर थियो ।

    नेता खनालले दिगो विकाससहित समृद्धिको दिशामा मुलुकलाई लैजानका लागि आधुनिक कृषि प्रणाली र उद्योग क्षेत्रलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार