काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा उसले सेभियाविरुद्ध ४–१ को जित दर्ता गरेको हो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की, फर्मिन लोपेज, राफिन्हा र इरिक गार्सियाले गोल गरे । सेभियाका लागि रुबेन भर्गासले एक गोल फर्काए ।
यो जितपछि बार्सिलोनाले शीर्ष दुई टोलीसँगको अंक दूरीलाई घटाएको छ । २३ खेलमा बार्सिलोनाको ४८ अंक छ ।
शीर्ष स्थानको रियल मड्रिडको ५० र दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४९ अंक छ ।
बार्सिलोनासँग पराजित सेभिया २८ अंकका साथ तालिकाको १३ औँ स्थानमा छ ।
Leave a Reply