काठमाडौं । भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ । गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो ।
इङल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६ विकेट गुमाउदै ल्क्ष्य पुरा गरेको थियो।
भारतको जितमा कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी खेले ।
त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९ दशमलव ५ ओभरमा अलआउट हुदै ३०४ रन बनाएको थियो।
योसँगै भारतले ३ खेलको सिरिज एक खेलअघि नै २–० ले जितेको छ । अब सिरिजको अन्तिम खेल बुधबार हुनेछ ।
Leave a Reply