Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • सरकारमा जान कुनै बार्गेनिङ गरेको छैन : उपेन्द्र यादव

    सरकारमा जान कुनै बार्गेनिङ गरेको छैन : उपेन्द्र यादव

    अनलाइन नेपाल
  • आइतबार, २७ माघ २०८१
  • 249
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूले सरकारमा जानका लागि कुनै बार्गेनिङ नगरेको बताएका छन् ।

    आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा अध्यक्ष यादवले जसपा अहिले सरकारमा जाने अवस्थामा नरहेको बताएका हुन् ।



    अध्यादेशलाई देखाएर सत्ताको बार्गेनिङ गरिरहनुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा यादवले भने–‘‘यस्ता फोहोरी र फटाहा कुरा गर्ने मान्छेको पनि कुरा गर्ने त ? हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं । हामीलाई मन्त्रालय चाहिएन ।’

    उनले अध्यादेशबारे पार्टीले धारणा बनाइसकेको र संसद्को कार्यसूचीमा चढ्नेबित्तिकै निर्णय सुनाउने बताए ।

    सरकारले हिउँदे अधिवेशनभन्दा अगाडि ल्याएका ६ वटा अध्यादेश संसद्को कार्यसूचीमा चढ्न सकेको छैन । यसअघि अध्यादेश पारित गर्नेगरी दुवै सदनमा प्रस्तुत गर्ने तयारी गरेपनि स्थगित भएको थियो ।

    उपेन्द्र नेतृत्वको जसपा नेपाल राष्ट्रियसभा निर्णायक देखिन्छ । उसले विज्ञहरूसँग अध्यादेशबारे छलफल गरेर धारणा तय भएको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार