Online Nepal
  • शुक्रबार, १ चैत्र २०८१
  • केपी ओली कम्युनिष्ट नेता होइन, नवसामन्त हुन् : भीम रावल

    केपी ओली कम्युनिष्ट नेता होइन, नवसामन्त हुन् : भीम रावल

    अनलाइन नेपाल
  • शनिबार, २६ माघ २०८१
  • 909
    SHARES

    कैलाली । नेकपा एमालेबाट निष्कासित पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नेता नभएको टिप्पणी गरेका छन् ।

    शनिबार धनगढीमा आयोजित कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेलामा यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री समेत रहेका ओलीलाई नवसामन्त भएको आरोप बताए ।



    उनले भने, ‘उहाँ यूटुव खोल्नु हुन्छ । ‘केपी बा’ । सबैले त्यसलाई अगाडी बढाऔँ भन्नु हुन्छ । कम्युनिष्ट पार्टीको नेता यदि सबैले मलाई ‘बा’ भन्नु पर्छ भन्दै यूटुव खोल्छ भने त्यो कम्युनिष्ट नेता हुन सक्दैन । त्यो नवसामन्त मात्रै हुन सक्दछ ।’

    एमाले अहिले सिद्धान्तबाट च्युत भएको उनको जिकिर छ । उनले सत्ताका लागि ओलीले कम्युनिष्ट पार्टीको सिद्धान्त, नीति, कार्यक्रमलाई समाप्त गरेको दाबी गरे । ओलीले एमालेलाई बामालेमा मात्रै परिणत गरेको उनको आरोप छ ।

    साथै उनले वर्तमान सरकारले पत्रकारलाई समेत लेख्न र बोल्ने अधिकारबाट वञ्चित गर्न खोजेको बताए । नेपालको अस्तित्व र स्वाधीनताका लागि एकजुट भएर अगाडी बढ्नु पर्ने दिन आउन सक्ने भन्दै सबैलाई तयार हुन उनले आग्रह गरे ।

    यसैगरी हाल मातृभूमि जागरण अभियान, नेपाल नामक अभियान सञ्चालन गरेको बताउँदै उनले यो पार्टीको नाम नभएको स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार