Online Nepal
  • शुक्रबार, १ चैत्र २०८१
  • रास्वपा सांसद कठायतको प्रश्न – रविलाई जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ?

    रास्वपा सांसद कठायतको प्रश्न – रविलाई जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ?

    अनलाइन नेपाल
  • शुक्रबार, २५ माघ २०८१
  • 240
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनीता कठायतले राज्यले प्रतिशोध साँधेर रवि लामिछानेलाई ८४ दिनसम्म हिरासतमा राखेको आरोप लगाएकी छन् ।

    प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कठायतले उक्त आरोप लगाएकी हुन् ।



    सांसद कठायतले सरकार गठन भएको पनि ६ महिना भैसकेको भन्दै राज्यले प्रतिशोध साँधेर रवि लामिछानेलाई ८४ दिनसम्म हिरासतमा पनि राखे पनि सहकारी पीडितले रकम नपाएको भन्दै रविलाई जिल्ला घुमाउँदैमा पीडितको रकम फिर्ता हुन्छ भनेर प्रश्न गरिन् ।

    सरकारलाई प्रश्न गर्दै उनले भनिन्,‘सहकारी समस्या समाधान भयो त ? म सरकारलाई प्रश्न सोध्न चाहन्छु । बचतकर्ताको ३ सय अरब रकम हिनामिना भएको भनिएको छ । पीडित बचतकर्ताको रकम फिर्ता गर्ने कुरा कहाँ पुग्यो ?’

    उनले सहकारी पीडितको बचत रकम फिर्ता कहाँ पुग्यो भनेर सरकारसँग प्रश्न पनि गरिन् ।

    कठायतले सरकारले पीडितलाई न्याय दिने भन्दा पनि सभापति रवि लामिछानेलाई प्रतिशोध साध्ने हिसाबले बयानका नाममा जिल्ला जिल्ला घुमाइएको आरोप लगाइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार