कास्की । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले र नेपाली कांग्रेसको सत्ता सहकार्यले मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लगेकाले सहकार्य जारी रहने बताएका छन् ।
नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको सहकार्यमा एमाले कास्कीले पोखरामा बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले २०८४ सालसम्म दुई पार्टीको सत्ता सहकार्य हुने र चुनावमा नयाँ समीकरण बन्ने बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३२ सिट सत्ता स्वार्थमा दूरुपयोग गरेकाले त्यसलाई रोकेर राजनीतिक स्थायित्वका लागि दुई पार्टीको सहकार्य भएको उनले स्पस्ट पारे ।
Leave a Reply