काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गैरजिम्मेवारपूर्ण गतिविधिले प्राप्त अधिकार गुम्ने खतरा रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो अधिकार गुम्ने गतिविधि गर्न नहुनेतर्फ सचेत गरे ।
वर्तमान सरकार नेपाली कांग्रेस र नेकपा एमाले लगायतका राजनीतिक दलहरू मिलेर बनेको भन्दै जनताको अधिकारका लागि लडेका पार्टीहरूबाट जनताका अधिकार खोस्ने काम नहुने बताए ।
Leave a Reply