काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
अध्यादेशबारे निर्णय लिनु अगाडि अध्यक्ष यादव बालुवाटार पुगेका हुन् । जसपा नेपालको संसदीय दलको बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।
पार्टीको संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी जसपा नेपालको छ।
निर्णय लिनु अगाडि अध्यक्ष यादव प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री ओलीलाई भेट्नु अगाडि अधयक्ष यादवले कांग्रेसका नेताहरूसँग संवाद गरेका थिए।
Leave a Reply