Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाउने सञ्चारमन्त्री गुरुङको चेतावनी

    फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाउने सञ्चारमन्त्री गुरुङको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, २३ माघ २०८१
  • 369
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल अराजक बन्दै गएको बताएका छन्।

    एक कार्यक्रममा बोल्‍दै सञ्‍चारमन्त्री गुरूङले सो कुरा बताएका हुन्। उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताए।



    उनले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्‍जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताए । नेपालमा दर्ता नभएका सामाजिक कुनै पनि सामाजिक सञ्जाल चल्न नदिने उनले चेतावनी दिए ।

    सञ्‍चारमन्त्री गुरूङले भने, ‘हामीसँग अहिले दर्ता भएर, प्वाइन्ट अफ कन्टयाक्ट तोकेर बसेको आज टिकटक मात्रै छ । हामीले मेटालाई बोलाइरहेका छौँ, आउँछ, की आउँदैन, हेर्न बाँकी छ । आएन भने नेपालमा चल्न दिन्नौं ।’

    सञ्‍चारमन्त्री गुरूङले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताए ।

    सञ्‍चारमन्त्री गुरूङले मनपरी लेख्ने, मनपरी गर्ने कुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसदमा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेस गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार