Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • भीम रावलको गृहजिल्लामा बादल प्रवेश

    भीम रावलको गृहजिल्लामा बादल प्रवेश

    अनलाइन नेपाल
  • बुधबार, २३ माघ २०८१
  • 4.9K
    SHARES

    अछाम । नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ अछाम पुगेका छन् । पूर्व गृह एवं रक्षामन्त्री समेत रहेका बादल जिल्ला भेला र प्रशिक्षणका लागि अछाम आइपुगेका हुन् ।

    आज जिल्ला कमिटी अछामले मंगलसेनमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । भेलालाई एमाले उपाध्यक्ष बादलले सम्बोधन गर्नेछन् ।



    नेकपा एमालेको तीन महिने वडा केन्द्रीत अभियान अन्तर्गत अछाम जिल्लामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको बताइएको छ ।

    पार्टी केन्द्रको निर्णय अनुसार नेकपा एमाले अछाम अहिले तीन महिने वडा केन्द्रित अभियानमा सक्रिय छ । यता एमालेबाट निष्कासनमा परेका भीम रावल दुई हप्ता अछाम बसेर फर्किएका छन् ।

    रावल फर्किएपछि रावलको गृहजिल्लामा बादल प्रवेश गरेका हुन् । रावल मातृभूमि जागरण अभियान, नेपाल बोकेर गृहजिल्ला पुगेका थिए । उनले त्यहाँका विभिन्न स्थान र पालिकामा आफ्ना गतिविधि गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार