काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक फागुन १९, २०, २१ गते बस्ने गरी परिपत्र पठाइएको हो ।
बैठक काठमाडौंमा बस्नेछ । त्यस्तै जसपा नेपालले केन्द्रीय निर्वाचन आयोगले प्रस्तुत गरेको निर्वाचनसम्बन्धी कार्यविधिलाई अनुमोदन गरेको छ ।
माघको १९, २०, २१ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले उक्त कार्यविधि अनुमोदन गरेको हो ।
सोमबार सकिएको बैठकले सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशबारे विश्लेषण गरी पार्टीको धारणा बनाउन सुझाव दिने हेतु राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएको छ।
Leave a Reply