काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई उत्पादन विभागको जिम्मेवारी दिने तयारी गरेको छ ।
सोमबार बसेको पार्टीको पदाधिकारी बैठकमा पासाङलाई उक्त विभागको जिम्मेवारी दिनेबारे सकारात्मक छलफल भएको हो ।
अध्यक्ष प्रचण्डले यसबारे थप गृहकार्य गरेर पासाङसहितका सबै नेताहरूको जिम्मेवारी ठोस गर्ने बताइएको छ ।
यसबारे केही दिनमा पार्टीले मातहतका कमिटीलाई सर्कुलर पठाइने भएको छ ।
Leave a Reply