काठमाडौँ । नेपाली कांग्रेसको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागमा १० जना सदस्य मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले शनिबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेको विभागमा १० जना सदस्यलाई मनोनयन गरेका हुन् ।
मनोनयन हुनेमा राजकुमार पाण्डे (काठमाडौँ), ज्ञानबहादुर शाही (जाजरकोट), देवकीदेवी सिंह (डडेल्धुरा), कल्पना श्रेष्ठ (भक्तपुर), श्यामकृष्ण महर्जन (काठमाडौँ), सरिता बिसी (रुकुम पूर्व), विजयजङ्ग बस्नेत (मोरङ), प्रेमबहादुर विक (नवलपरासी), सञ्जीव पुडासैनी (गोरखा) र सपुतबहादुर कार्की (रौतहट) रहेका छन् ।
Leave a Reply