Online Nepal
  • शनिबार, २४ फाल्गुन २०८१
  • कांग्रेस नेता मृत भेटिएपछि कञ्चनपुर पुगे गृहमन्त्री लेखक

    कांग्रेस नेता मृत भेटिएपछि कञ्चनपुर पुगे गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • शनिबार, १९ माघ २०८१
  • 1.5K
    SHARES

    कञ्चनपुर । नेपाली कांग्रेसका कञ्चनपुरको भीमदत्त नगर सभापति अच्युत कलौनी मृत फेला परेपछि गृहमन्त्री रमेश लेखक कञ्चनपुर पुगेका छन् ।

    शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित सडक पेटीमा कलौनी मृत फेलापछि दिउँसो गृहमन्त्री लेखक कञ्चनपुरको महेन्द्रनगर पुगेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गृहमन्त्री लेखकले महाकाली प्रादेशिक अस्पतालमा पुगेर मृतक कलौनीका आफन्तलाई भेटेका छन् ।

    गृहमन्त्रीसमक्ष मृतक कलौनीका बुवाले घटना अर्कै स्थान भएको र शव यहाँ फालेको आशंका व्यक्त गरेका छन् । घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो ।

    प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ । कांग्रेसका नगर सभापति अच्युत शनिबार बिहान भीमदत्त नगरपालिका–१८ को वडा कार्यालय नजिकै सडक पेटीमा मृत अवस्थामा फेला परेका थिए । उनको शव पोस्टमार्टमका लागि अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार