धनुषा । धनुषामा आफू नेपाल प्रहरीका डीएसपी रहेको भन्दै ठगी गर्दै हिँडेका एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
धनुषाको इलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले सिरहाका ३० वर्षीय दीपक भनिने धनिकलाल साहलाई पक्राउ गरेको हो ।
उनलाई गणेशमान चारनाथ नगरपालिका–४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले आफु डीएसपी भन्दै स्थानीय रमेश श्रेष्ठसँग ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
साहलाई ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।
Leave a Reply