Online Nepal
  • शनिबार, २४ फाल्गुन २०८१
  • हङकङमा ‘एलजी फेस्ट २०२५’ इतिहासकै भव्य, पाँच हजार बढी दर्शकले हेरे

    हङकङमा ‘एलजी फेस्ट २०२५’ इतिहासकै भव्य, पाँच हजार बढी दर्शकले हेरे

    अनलाइन नेपाल
  • शनिबार, १९ माघ २०८१
  • 3.1K
    SHARES

    काठमाडौं । चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)को अवसरमा हङकङमा क्रियाशील नेपालीको संस्था ‘लालीगुराँस एसोसिएसन’ले ‘एलजी फेस्ट २०२५ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

    जनवरी ३० मा ताई तोङस्थित इको पार्कमा भएको उक्त कार्यक्रम इतिहासकै सबैभन्दा राम्रो र भव्य रूपमा सम्पन्न भएको हो । चेतन गुरुङ, विशाल गुरुङ, हिमाल रानालगायत हङकङका जुझारु नेपाली युवाले सन् २००४ मा हङकङमा ‘लालीगुराँस एसोसिएसन’ नामक संस्थाको स्थापना गरेका थिए ।



    उनीहरुले नै एलजी नाइटको आयोजना गर्दै आएका छन् । कार्यक्रममा नेपाली ब्याण्ड जोन एण्ड द लोकल्स, कन्दरा, पूर्ण राई एण्ड द दाजुभाई र शान्ति श्री परियार (रुकुमकोट) लगायतले आफ्नो कला प्रस्तुती देखाएका थिए ।

    यसैगरी भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज् बेस्ट डान्सर’ सिजन ३ का विजेता समर्पण लामाले नृत्य प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा हङकङको स्थानिय ब्याण्ड र स्थानीय कलाकारहरुले पनि प्रस्तुती देखाएका थिए ।

    कार्यक्रमको होस्ट भने कलाकार जीतु नेपाल र नायिका केकी अधिकारीले गरेका थिए । कार्यक्रममा पाँच हजार बढी दर्शकको उपस्थिति रहेको थियो ।

    विदेशी भूमिमा आफ्नो कला–संस्कृतिलाई जोगाइ राख्न र नेपाल–हङकङबीचको मैत्री सम्बन्धलाई अझै प्रघाढ बनाउने उद्देश्यका साथ प्रत्येक वर्ष कार्यक्रम आयोजना गरिएको आयोजक चेतन गुरुङले बताए ।

    स्थापनाकालदेखि हरेक वर्ष कार्यक्रम गर्दै आएको लालीगुराँस एसोसिएसनको ‘एलजी नाइट’ पछिल्लो समय अस्ट्रेलिया, यूके, मकाउ, जापानलगायतका देशमा पनि हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार