Online Nepal
  • शनिबार, २४ फाल्गुन २०८१
  • सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्छ : देउवा

    सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्छ : देउवा

    अनलाइन नेपाल
  • शनिबार, १९ माघ २०८१
  • 180
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्ने बताएका छन् ।

    ‘नेपाली कांग्रेस र सहकारी’ विषयमा पार्टीको सहकारी विभागले आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।



    उनले सहकारी क्षेत्रका विकृति अन्त्य गर्न जरुरी भएको बताए। उनले बचतकर्ताको रकमको सुरक्षाका खातिर सहकारीमैत्री ऐन जारी भएको बताए ।

    सभापति देउवाले भने, ‘सहकारी मूल्य, मान्यता, मर्म र अवधारणा अनुसार सञ्चालन हुनुपर्छ, आर्थिक समृद्धिका लागि सहकारी आन्दोलनको विकास आवश्यक छ, र बचतकर्ताको रकम सुरक्षाको सुनिश्चितता हुनुपर्छ ।’

    देउवाले नेपाल सरकारका सहकारीमा पछिल्लो समय समस्या सिर्जना गरेर अरुलाई जिम्मेवार दिने प्रवृत्ति बढेकाले समस्या सिर्जना भएको बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार