Online Nepal
  • शनिबार, २४ फाल्गुन २०८१
  • सहकारी बचतकर्ताको रकम सञ्चालकले नै अपचलन गरे : देउवा

    सहकारी बचतकर्ताको रकम सञ्चालकले नै अपचलन गरे : देउवा

    अनलाइन नेपाल
  • शनिबार, १९ माघ २०८१
  • 411
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी क्षेत्रमा देखिएको विकृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन्।

    ‘कांग्रेस र सहकारी’ विषयमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।



    उनले सहकारीमा जनताको बचतको सुरक्षा गराउन सक्नुपर्ने बताए।

    सभापति देउवाले भने, ‘आम नागरिकले दुख गरेर सहकारीमा जम्मा गरेका लाखौं बचतकर्ताहरुको रकम सञ्चालनहरुले अपचलन गरेका छन्। त्यसको सुरक्षाको ग्यारेन्टी गराउँनुपर्छ र आजको आवश्यकता पनि त्यही हो।’

    सरकारले समयअनुकुल सहकारी मैत्री ऐन बनाउन आवश्यक ठानेर अध्यादेश ल्याएको बताए। सहकारी क्षेत्रको गुणत्मक सुधार हुँदा समग्र अर्थतन्त्रमै सुधार आउने सभापति देउवाको विश्वास छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार