अछाम । अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको हत्या भएको खुलेको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय अछामले उनीहरु दुवै किशोरीको हत्या भएको जानकारी गराएको हो । यही माघ ११ गते ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा गोठालो गएकी ढकारी–८ पल्साताकी इशरा र सरस्वती भोलिपल्ट मृत अवस्था भेटिएका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय अछाम, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घटनाको विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान गरेको थियो । सो घटनामा प्रहरीले दुईजना किशोरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
यता जिल्ला प्रहरी कार्यालय अछामले सो घटनाको सफल अनुसन्धान गरेको छ । अछाम प्रहरीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक क्षर््श्वरी प्रसाद भण्डारीका अनुसार घटनाको प्रमुख कारण प्रेम सम्बन्ध र शारिरीक सम्पर्कको लागि प्रस्ताव रहेको छ ।
पक्राउ परेकालाई आवश्यक सोधपुछ गर्दा मृतक इशरा खड्का परिवर्तित नाम ६९ मंगलसेन ७३ को प्रेमिका र मृतक सरस्वती खड्का परिवर्तित नाम ६९ मंगलसेन ७६ को प्रेमिका रहेको खुलेको डीएसपी भण्डारीले जानकारी दिए । परिवर्तित नाम ६९ मंगलसेन ७६ ले सरस्वतीसँग मायाको चिनो मागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । तर सरस्वतीले चुन्नी दिएकी थिइनन् । त्यसपछि ती किशोरले सरस्वतीबाट ईअरफोन खोसेका थिए ।
उक्त ईअरफोन इशराले मेरो दाईको ईअरफोन हो भनि फिर्ता मागेकी थिइन् । त्यसपछि सरस्वतीलाई उनले शारिरीक सम्पर्कको लागि प्रस्ताव गरेका थिए ।
उक्त प्रस्ताव पनि सरस्वतीले अस्वीकार गरेको खुलेको छ । पक्राउ परेका आरोपितमाथि अछाम जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Leave a Reply