Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • साउदीमा भयानक सडक दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

    साउदीमा भयानक सडक दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १९ माघ २०८१
  • 864
    SHARES

    काठमाडौं । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ ।

    साउदी पश्चिमी क्षेत्रको जिजाननजिकै भएको भयानक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।



    जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् ।

    उनको अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ । सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार