Online Nepal
  • मंगलबार, २० फाल्गुन २०८१
  • त्रिदेशीय महिला क्रिकेट : नेपालले आज थाइल्याण्डसँग खेल्दै

    त्रिदेशीय महिला क्रिकेट : नेपालले आज थाइल्याण्डसँग खेल्दै

    अनलाइन नेपाल
  • शनिबार, १९ माघ २०८१
  • 147
    SHARES

    काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ ।

    खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।



    शृङ्खलामा अस्ति भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो ।

    हिजो भएको खेलमा थाइल्याण्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हरायो । त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार