Online Nepal
  • सोमबार, १९ फाल्गुन २०८१
  • मामाघर आएकी चाँदनीको शव ४ फिट गहिरो खाल्डोमा भेटियो

    मामाघर आएकी चाँदनीको शव ४ फिट गहिरो खाल्डोमा भेटियो

    अनलाइन नेपाल
  • शुक्रबार, १८ माघ २०८१
  • 774
    SHARES

    मोरङ । विराटनगर महानगरपालिका-५, विशालचोकस्थित मामाघरमा आएकी १४ वर्षीया चाँदनी यादवको हत्या भएको छ ।

    भारत, बिहार छपराकी चाँदनी करिब एक महिना अघि मामाघर आएकी थिइन् । बाबुआमा उनलाई छोडेर घर फर्किएका थिए ।छिमेकीहरूले बालिका हराएको आशंका गर्दै प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढ्यो ।



    प्रहरीको खोजीका क्रममा मामाघर नजिकैको खेतमा खाल्डो खनेर गाडिएको अवस्थामा चाँदनीको शव भेटियो । शव ४ फिट गहिरो खाल्डोमा पुरेर तोरीको बोटले छोपिएको थियो ।

    प्रहरीले बालिकाका मामली हजुरबुबा, उनका परिवारका सदस्यहरू तथा बाबुआमासहित ८ जनालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार चाँदनीको भारतमा प्रेम सम्बन्ध रहेको र त्यसलाई तोड्न बाबुआमाले मामाघर ल्याएका थिए ।

    यहाँ झारफुक गराउने योजना बनाइएको थियो। हत्या कसरी, कहिले र कसले गर्यो भन्ने यकिन गर्न अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार