काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका छन् ।
सभामुख घिमेरेलाई भेट्न लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गएका हुन् ।
भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ । आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ ।
बैठकको मुखमा लामिछानेले सभामुखलाई भेटेका हुन्। लामिछाने सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर सभामुख घिमिरेलाई भेट्न गएको बताइएको छ।
निलम्बन गैर कानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित लामिछानेले निलम्बन फुकुवाका लागि आग्रह गरेको बताइएको छ।
सहकारी ठगी प्रकरणमा कास्की अदालतमा मुद्दा दायर भएपछि ०८१ पुस ८ मा लामिछाने सांसद पदबाट निलम्बित भएका थिए।
Leave a Reply