Online Nepal
  • मंगलबार, १३ फाल्गुन २०८१
  • संसद्मा आज यी ६ विधेयक पेश गर्दै सरकार

    संसद्मा आज यी ६ विधेयक पेश गर्दै सरकार

    अनलाइन नेपाल
  • शुक्रबार, १८ माघ २०८१
  • 852
    SHARES

    काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार शुरु हुँदै छ । दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सरकारले ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् ।



    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ पेश गर्नेछन् ।

    यस्तै ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पनि उनले पेश गर्नेछन् ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार