Online Nepal
  • मंगलबार, १३ फाल्गुन २०८१
  • त्रिदेशीय महिला क्रिकेट : आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दै

    त्रिदेशीय महिला क्रिकेट : आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १८ माघ २०८१
  • 141
    SHARES

    काठमाडौं । त्रिकोणात्मक महिला टी-२० श्रृङ्खलामा आज नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

    नेपाल क्रिकेट संघ क्यानको आयोजनामा बिहीबार शुरु भएको प्रतियोगिताको दोस्रो खेलमा यी दुई टोली भिड्न लागेका हुन् ।



    खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेदरल्याण्ड्सको महिला टोली आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिँदा थाइल्याण्ड विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

    नेदरल्याण्ड्सले पहिलो खेलमा हिजो नेपाललाई २० रनले पराजित गरेको थियो । प्रतियोगिता माघ २५ गतेसम्म चल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार