Online Nepal
  • मंगलबार, १३ फाल्गुन २०८१
  • सांसदलाई अध्यादेशको विपक्षमा नबोल्न आग्रह गर्न कांग्रेसको बैठक बस्दै

    सांसदलाई अध्यादेशको विपक्षमा नबोल्न आग्रह गर्न कांग्रेसको बैठक बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १८ माघ २०८१
  • 291
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । आजबाट सुरु हुने हिउँदे अधिवेशनका बारेमा छलफल गर्न बिहान ९ बजे बैठक बस्न लागेको हो ।

    तीनजना बाहेक कांग्रेसका सबै सांसद सरकारले ल्याएको अध्यादेशको विपक्षमा रहेपछि उनीहरूलाई विरोधमा नबोल्न आग्रह गर्न संसदीय दलको बैठक बोलाइएको छ ।



    प्रतीमा गौतम, कुशुम थापा र वीरबहादुर बलायरबाहेकका कांग्रेस सांसद् अध्यादेशको विपक्षमा छन् ।

    सत्तारुढ दलकै सांसद अध्यादेशको विपक्षमा रहेपछि शीर्ष नेतृत्व उनीहरूलाई मौन रहन आग्रह गर्दै आएको छ ।

    संसद् बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार