एजेन्सी । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोकिएर खसेको स्थानबाट ४० भन्दा बढी शव निकालिएको छ ।
चालक दलसमेत ६४ जना सवार विमान र ३ सैनिक चढेको हेलिकप्टर स्थानीय समयानुसार बुधबार राति ९ बजे वासिङ्टन डीसीस्थित रेगन राष्ट्रिय विमानस्थलनजिकै आकासमा ठोकिएर पोटोम्याक नदीमा खसेका थिए ।
दुर्घटनामा कोही पनि जीवित नरहेको निष्कर्षमा अधिकारीहरू पुगेका छन् ।
दुर्घटनामा परेका यात्रुको उद्धार जारी रहेको अमेरिकी अधिकारीले बताएका छन्। आकाशमा दुर्घटना भएपछि विमानका दुई ठुला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।
Leave a Reply