Online Nepal
  • सोमबार, १२ फाल्गुन २०८१
  • संघीय संसद्को हिउँदे अधिवेशन आजबाट

    संघीय संसद्को हिउँदे अधिवेशन आजबाट

    अनलाइन नेपाल
  • शुक्रबार, १८ माघ २०८१
  • 183
    SHARES

    काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट शुरू हुँदै छ ।

    सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका हुन् ।



    दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने छ ।

    प्रतिनिधिसभाको आजको बैठकका लागि प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिले कार्यसूची निर्धारण गरिसकेको छ ।

    सभामुख देवराज घिमिरेको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको थियो ।

    जसअनुसार पहिलो दिन नै सरकारले हालै ल्याएका अध्यादेशहरू पेश हुनेछन् । यस्तै बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । बैठकमा अन्य राजनीतिक दलका नेताहरूले पनि बोल्ने कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार