Online Nepal
  • सोमबार, १२ फाल्गुन २०८१
  • शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

    शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • बिहिबार, १७ माघ २०८१
  • 318
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

    भोलिदेखि शुरू हुने संसद्‌को हिउँदे अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।



    उनले संसद् भवन नयाँ बानेश्वरमा दिउँसो साढे १ बजे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा अन्य राजनीतिक दलका नेताहरूले पनि बोल्ने कार्यसूची छ । नेकपा माओवादी लगायतका विपक्षी दलहरूले सरकारले हालै ल्याएका अध्यादेशको चर्को विरोध गर्ने तयारी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार