Online Nepal
  • शुक्रबार, ९ फाल्गुन २०८१
  • शेखर कोइराला भन्छन् : संविधान संशोधनका निम्ति २०८७ नै कुर्नुपदैन

    शेखर कोइराला भन्छन् : संविधान संशोधनका निम्ति २०८७ नै कुर्नुपदैन

    अनलाइन नेपाल
  • बिहिबार, १७ माघ २०८१
  • 240
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका लागि २०८७ कुर्न नहुने बताएका छन् ।

    बिहीबार विराटनगरमा आयोजना गरिएको संविधान संशोधन आवश्यकता र चुनौती विषयक अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्रीले भनेजस्तो संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने भन्दै संशोधनका लागि सबैलाई विश्वासमा लिन सुझाव दिए ।

    उनले २०७२ सालमा हतारमा संविधान बनाइएका कारण संविधान संशोधन गर्नैपर्ने अवस्था रहेको भन्दै दुई दलले मात्रै संशोधन गर्न नहुने उल्लेख गरे ।

    संविधान संशोधन गर्दा सबै राजनैतिक दलहरूबीच सहमति र समझदारी आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार