Online Nepal
  • शुक्रबार, ९ फाल्गुन २०८१
  • युवा ऊर्जा समाज रुपान्तरणमा प्रयोग गर्नुपर्छ : प्रचण्ड

    युवा ऊर्जा समाज रुपान्तरणमा प्रयोग गर्नुपर्छ : प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १७ माघ २०८१
  • 153
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा ऊर्जा समाज रुपान्तरणमा प्रयोग हुनुपर्ने बताएका छन् ।

    अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिन खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।



    उनले युवा ऊर्जालाई समाजको रुपान्तरण र शैक्षिक मुद्दामा लगाउन आग्रह गरे।

    अध्यक्ष प्रचण्डले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताए।

    विगतदेखि नै युवाहरू शैक्षिक र राजनीतिक आन्दोलनको अगुवाइ भएको भन्दै उनले नवनिर्वाचित टिमले त्यही दिशामा काम गर्ने विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार