Online Nepal
  • शुक्रबार, ९ फाल्गुन २०८१
  • मधेशकेन्द्रित दलहरुको बैठक सिंहदरबारमा जारी

    मधेशकेन्द्रित दलहरुको बैठक सिंहदरबारमा जारी

    अनलाइन नेपाल
  • बिहिबार, १७ माघ २०८१
  • 177
    SHARES

    काठमाडौं । मधेसवादी दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ।

    सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा आठ पार्टीको बैठक बसिरहेको हो । सिंहदरबारमा बसेको बैठकमा मधेस केन्द्रित आठ वटा दलको सहभागि रहेका छन्।



    मधेसीकेन्द्रित दलको मोर्चा बनाउने विषयमा छलफल गर्न जनता समाजवादी नेपालको अगुवाइ बैठक बसेको हो ।

    बैठकमा जनता समाजवादी, जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील र तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सम्मिलित छन् ।

    आठ दलबीच मुद्दाकेन्द्रित सहकार्यका लागि छलफल गर्न सबै दलले वार्ता समिति बनाएका छन् । वार्ता समितिका नेताहरूबीच नै अहिले छलफल चलिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार