Online Nepal
  • बुधबार, ७ फाल्गुन २०८१
  • डिल्लीबजार कारागारबाट भागेका कैदी १४ वर्षपछि समातिए

    डिल्लीबजार कारागारबाट भागेका कैदी १४ वर्षपछि समातिए

    अनलाइन नेपाल
  • बिहिबार, १७ माघ २०८१
  • 705
    SHARES

    काठमाडौं। डिल्लीबजार कारागारबाट भागेका एक कैदी १४ वर्षपछि पक्राउ परेका छन्।

    उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोंगबुबाट बुधबार पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–२ घर भएका ४५ वर्षीय पेशलराज बुढाथोकी छन्।

    वैदेशिक रोजगारीको मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले १९ साउन २०६६ मा ३ वर्ष कैद र ३ लाख जरिवाना सुनाएको थियो।

    फैसला भएपछि २५ फागुन २०६६ मा पक्राउ परेर कारागार चलान भएका उनी २९ साउन २०६७ मा कारागारबाटै फरार भएका थिए।

    विदेश पठाउने भन्दै अन्जु महर्जन र सरस्वती मगरलाई ठगी गरेपछि उनीहरु बुढाथोकीविरुद्ध जाहेरी दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार