काठमाडौं । आजदेखि सुरू भएको त्रिकोणात्मक महिला टी-२०आई श्रृंखलाको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन्।
नेपालका लागि दुई खेलाडीले डेब्यू गर्दै छन् । एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गर्न लागेका हुन् ।
नेपाल र नेदरल्याण्ड्स बीच महिला क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। पहिलोपटक खेल्न दुवै टोली उत्साहित छन् ।
श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३/३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ ।
माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।
Leave a Reply