पाल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गठबन्धन सरकार प्रतिशोधको भावनाले काम गरिरहेको आरोप लगाएका छन्।
प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले एक्त आरोप लगाएका हुन् ।
सरकारले स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयास गरेको उनको आरोप छ ।
उपमहासचिव पुनले दुई तिहाइ मत रहेको दाबी गर्ने सरकारले सदनबाट पास गरेर लानुपर्ने विषयलाई अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको बताए।
विनाकारण संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत रहेको उनको दाबी छ ।
संसदको अवहेलना गर्दै अध्यादेश जारी गरेर देश चलाउन खोजिएको बताउँदै उनले सरकारले स्वेच्छाचारी ढङ्गले शासन गर्न खोजेको बताए।
Leave a Reply