Online Nepal
  • मंगलबार, ६ फाल्गुन २०८१
  • माओवादी संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

    माओवादी संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

    अनलाइन नेपाल
  • बिहिबार, १७ माघ २०८१
  • 183
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दैछ । सिंदरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा मुख्यगरी शुक्रबारदेखि सुरू हुने संसद अधिवेशनबारे छलफल हुनेछ।



    सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुने बताइएको छ ।

    माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार