Online Nepal
  • सोमबार, ५ फाल्गुन २०८१
  • डिल्लीबजार कारागारबाट भागेका बुढाथोकी १४ वर्षपछि पक्राउ

    डिल्लीबजार कारागारबाट भागेका बुढाथोकी १४ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १६ माघ २०८१
  • 405
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारबाट भागेका व्यक्ति १४ वर्षपछि पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौ‌ंको टोलीले ओखलढुंगा घर भई गोंगबु बस्ने ४५ वर्षीय पेशलराज बुढाथोकीलाई १४ वर्षपछि पक्राउ गरेको हो ।



    उनीविरूद्ध वैदेशिक रोजगार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०६६ साउन १९ गते तीन वर्ष कैद र तीन लाख जरिवाना सुनाएको थियो ।

    सोही साल फागुन २५ गते कारागार कार्यालय डिल्लीबजारमा पठाइएको थियो। तर उनी २०६७ साउन २९ गते फरार भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार